बालेनको लोकप्रियतामा झुमेको धरान, हर्कसँग मिलेर राजनीतिक दल बनाउने ‘मुड’

आइतबार, पुस २२, २०८०

काठमाडौं १२३ बर्षगाँठको उत्सवका प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरे पनि समय नपाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको लोकप्रियताको अर्को कसी बनिदिए काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेन।

धरान डे अर्थात् धरान उत्सवका अवसरमा बालेनको उपस्थितिमा युवा पंक्तिको हुटिङ बलियो थियो भने मेयर हर्क साम्पाङको अनुहारमा उज्यालो थियो। राजनीतिक दलका केन्द्रका नेता उपस्थित नभएर के भयो , हर्कका लागि बालेनको उपस्थिति एउटा लोकप्रिय सुनिश्चित समय बन्यो।

एक परम्परागत राजनीतिक दलसँगको रोषकाबीच धरान उत्सवमा सहभागीता नजाउने प्रधानमन्त्रीको निर्णयले आक्रोशित हर्कका लागि उत्सवको पात्र बने बालेन साह, एक सहभागी भन्छन्,‘युवा पुस्ताको मन जितेका छन्। अब यी दुई जनाको सहकार्यमा राजनीतिक दल खुलाइने चर्चा पनि छ। 

बालेनले धेरै बोलेनन्। जति बोले धरानवासी युवाको मन जित्नेगरी बोले। उनले आधुनिक संगीतका प्रतीक मान्ने धरानवासी गायक सबिन राईको नाम लिए। त्यस्तै केही पुराना मानिसले मन पराउने गायक दीप श्रेष्ठको पनि नाम लिए।

यसबाहेक बालेनले धरानको सांस्कृतिक सौन्दर्यताको वर्णन गरी श्रम संस्कृतिको प्रशंशा मात्र गरेनन्। मेयर हर्क साम्पाङले गरेको प्रतिकात्मक आन्दोलनका नाममा राखिएको यलम्बरको तस्बिर होइन, प्रतिमालाई मायाको चिनोका रुपमा दिए। यसले हर्कको कदमलाई बल पुगेको भने बालेनको सन्निकटता अझ बलियो हुने आँकलन केलाउन थालिएको छ।

यसै पनि हर्कले केही समयअघि नयाँ राजनीतिक शक्ति गठन हुन सक्ने आशयले बोलेका थिए। उनको लोकप्रियता बालेनको अझ प्रभावबीच दुई जनाको सहकार्य भए आगामी निर्वाचनमा हस्तक्षेप हुन सक्ने अनुमान पनि गरिएको छ।

जे पनि हुन सक्छ। अझ साढे तीन बर्ष रहेका कारण तत्कालै कुनै खास घोषणा नभए पनि पार्टी खोल्ने मुडमा छन् दुई मेयर, उच्च स्रोतले भन्यो,‘बालेन पनि यो विषयमा सकारात्मक छन्।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्