सर्लाही घट्नाको सत्यतथ्य छानबिन गर्न कांग्रेसको माग

शनिबार, पुस २१, २०८०

सर्लाही- नेपाली काँग्रेसले सर्लाहीको बरहथवा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै काँग्रेसले घट्नाको छानबिन गर्न माग गरेको छ । 

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनामा केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्दै काँग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । 

‘घटनाको सत्य-तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली काँग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन समेत काँग्रेसले आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्