सभापति देउवासँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

बिहीबार, पुस १९, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

आज यहाँ भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । 

भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी भोलि पुस २० गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्