नेभिगेशन
समाचार

निलम्बन फुकुवा भएपछि पहिलो पटक समितिको बैठकमा पुगे एमाले सांसद कोइरी

काठमाडौं- निलम्बन फुकुवा भएपछि पहिलो पटक नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी संसदीय समितिकाे बैठकमा उपस्थित भएका छन् । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उपस्थित भएका हुन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले गत वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुस ८ गते सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार