स्रोत नखुलेको २१ लाख ५७ हजारसहित राउत सशस्त्र प्रहरी नियन्त्रणमा

बिहीबार, पुस १९, २०८०

इटहरीबोर्डर आउट पोस्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरी बलको एक टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार सहित २७ बर्षिय वीरेन्द्रकुमार राउतलाई नियन्त्रणमा लिएको छ।

नेपाल भारत सीमावर्ती क्षेत्रको भोक्राहानरसिंह गाउँपालिका बाट  कोशी गाउँपलिका का राउतलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग हुँदै प्रदेश ०२०५३ १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ।

सशस्त्रले बरामद भएको रकम मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्