राजसंस्थाको समर्थनमा छिन् वीपीकी नातिनी चर्चित अभिनेत्री मनिषा कोइराला

बिहीबार, पुस १९, २०८०

काठमाडौं९० को दशकमा बलिउडमा निक्कै चर्चा कमाएकी मनिषा कोइरालाले नेपालको अहिलेको राजनीतिक विषयमा चासो राख्न थालेकी छन्।

उत्तरार्धको समयमा नेपालको राजनीतिमा आउन सक्ने सम्भावनाको सँधै चर्चामा रहने गरेकी कांग्रेसका आदर्श पुरुष वीपी कोइरालाकी नातिनी मनिषा गणतन्त्र भन्दा पनि राजसंस्थाको पक्षमा रहेकी हुन्।

उनले गत निर्वाचनमा राजसंस्थाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी सभालाई सम्बोधन गरेकी थिइन् भने अहिले राजा ज्ञानेन्द्रको समर्थनमा उर्लिएको भिँडको पनि सामाजिक सञ्जालका माध्यमबाट प्रचार गरेकी छन्।

मनिषाले राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वी नवलपरासीमा राजा ज्ञानेन्द्र शाहको समर्थन नागरिक अभिनन्दनमा आएका जनताको भिडसहितको पोस्ट भएको भिडिओ साझा गरेकी छन्।

नेपालको मौलिकता राजसंस्थासहितको हिन्दू राज्यमा रहेको मान्ने मनिषाले एउटा अन्तरवार्तामा वीपीलेराजासँग मेरो घाँटी जोडिएको भन्नुको अर्थ रहेको तर कांग्रेसले त्यसलाई आत्मसाथ गर्न नसकेको टिप्पणी गरेकी थिइन्।

मनिषा वीपीका जेठा पुत्र प्रकाश कोइरालाकी छोरी हुन्। प्रकाश पनि राजसंस्थाको पक्षधरमा राजनीतिक गर्दथे तर अहिले निस्क्रिय छन्। बाबुपछाडिको राजनीतिका यात्रा मनिषाले तय गर्न सक्ने सम्भावना केलाइन्छ। तर, आफैं कुन दलको राजनीतिमा सक्रिय हुने भन्नेबारेचाहिँ मनिषाले खुलेर केही बताइसकेकी छैनन्।

पछिल्ला समयमा उनी दक्षिण भारतीय फिल्मदेखि बलिउड फिल्ममा पनि विभिन्न भूमिकामा देखिने गरेकी छन्। पछिल्ला पटक धेरै फिल्ममा उनी सक्रिय भए पनिसञ्जुमा निभाएको अभिनयका कारण चर्चामा रहिन्।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्