पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेट

बुधबार, पुस १८, २०८०

काठमाडौं- राप्रपाका पाँच शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बुधबार कपिलवस्तुको भैरहवामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा र दीपक सिंहले भेटघाट गरेका हुन् ।

केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा रहेका ज्ञानेन्द्रले फोन गरेरै राप्रपाका पाँच नेतालाई भैरहवा बोलाएका थिए । सबैजना बुधबार बिहान भैरहवा पुगेका हुन् । पूर्वराजा केही दिनदेखि भैरहवामा अड्डा जमाएर बसेका छन् ।

पूर्वराजा र राप्रपाका नेताहरूबीचको भेटवार्ताबारे केही खुलाइएको छैन । राप्रपा अहिले राजतन्त्र पुनःस्थापनाको आन्दोलनमा छ । उसले माघ र फागुनमा उपत्यका केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

त्यही पेरिफेरिमा राप्रपाका नेताहरुसँग शाहले कुराकानी गरेको बताइन्छ ।राप्रपा उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजाले भेटमा ‘हामी सबैले धेरै देख्यौ बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्’ भनेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्