राष्ट्रिय सभा रिक्त पदमा निर्वाचन

प्रतिपक्षी बाईपास गर्न नहुने कांग्रेसको प्रस्ताव, गठबन्धनको अर्को बैठकपछि एमालेसँग छलफल

बुधबार, पुस १८, २०८०

काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई बाइपास गरेर जान नहुने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका छन्। यो प्रस्तावसँगै सत्ता गठबन्धनमा आवद्ध अन्य दलसँग दिउँसो बजे बैठक बसेपछि साँझ बजे एमालेसँग छलफल हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सभाका १९ रिक्त पदमा निर्वाचन गर्ने सन्दर्भमा बैठक बसेको थियो। प्रधानमन्त्री प्रचण्डसहित माओवादीका केही नेता कांग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापा बैठकमा सहभागी थिए।

आगामी ११ माघमा राष्ट्रिय सभाका १८ पदमा निर्वाचन हुनेछ भने एक जना राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्। राष्ट्रिय सभामा एक जना सदस्य नागरिक उन्मुक्ति पार्टीलाई समेत दिने सहमति भएको त्यसका संरक्षक रेशमलाल चौधरीले बुधबार पत्रकार सम्मेलनका क्रममा बताएका थिए।

दिउँसो बजे कांग्रेस, माओवादी, जनता समाजवादी नेकपा एकीकृत समाजवादीको बैठक बस्ने एक नेताले बताए। सोही बैठकबाट एमालेसँग छलफल गर्ने निधो हुने बताइएको छ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्