उपसभापति, उपप्रधान तथा रक्षामन्त्री खड्का

सत्ता गठबन्धन जोगाइरहेका कांग्रेसका प्रभावशाली ‘बजीर’

मंगलबार, पुस १७, २०८०

काठमाडौंसत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बैठकमा चर्काचर्की नहुने होइन।

बालकुमारी घटनामा कारबाही भएका प्रहरी अधिकारीका विषयमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेपछि केहीबेर सत्ता गठबन्धन बैठक गर्माएको विवरण सतहमा आएका थिए। देउवाको झनक्क रिसाउने बानी , अझ बालकुमारीमा सुजन रावत वीरेन्द्र शाहको मृत्यु प्रकरणपछि सरकारले तत्कालै प्रहरी अधिकारीलाई कुरै नबुझी कारबाही गरेको भन्ने अभियोग प्रचण्डलाई लगाइयो।

त्यसपछि प्रचण्ड पनि सरकार गए जाओस् जे गरेको हो, सही गरेको भन्ने जवाफी प्रतिवादमा उत्रिएपछि झन्डैझन्डै गठबन्धनमा दरार भइसकेको थियो। तर, कांग्रेसका तिबजीर जसले माहौललाई शितल बनाउन सक्षम भए। अहिलेको सत्ता गठबन्धनमा आउने विवाद मिलाउन कांग्रेसका तर्फबाट जतिबेला पनि सक्रिय बनिरहेका छन्, उपसभापति पूर्णबहादुर खड्का।

उनी सरकारमा उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा पनि छन्। सभापति देउवा प्रधानमन्त्री प्रचण्डबीच हुने कुनै पनि असमझदारीलाई सुल्झाउने काममा खड्काको भूमिका प्रभावशाली हुने गरेको पाइन्छ।

गठबन्धनमा आवद्ध दलका एक नेता भन्छन्,‘विचार मन्थनसँगै विवाद पनि हुने गरेका छन्। त्यो विवाद साम्य पार्न नेता खड्का नै अग्रसर बन्ने गर्नुभएको छ।

त्यसो खड्काले सम्झाउँदा मात्र देउवा पनि गठबन्धनको ट्रयाकमा आउने गरेको पाइन्छ। जसरी हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सहमतिअनुसारको अवधिसम्म पदमा रहन दिने निर्णय भयो। यसमा पनि खड्काको भूमिका नै बलियो रहेको बताइन्छ।

त्यसो कांग्रेसले अहिलेको सत्ता गठबन्धन भत्काउनुपर्ने धारणा नेताहरूबाट नआउने गरेको छैन। माओवादी वा कुनै पनि कम्युनिस्ट पार्टीसँगको सहकार्य घातक हुने डा. शेखर कोइरालाले बताउने गरेका छन्। तर, यसबेलाको राजनीतिक परिस्थितिमा कोइरालाले भनेजस्तोरिजिट भएर जाने अवस्था नरहेको भनी देउवालाई खड्कालेकन्भिन्स गरिरहन्छन्।

कांग्रेसलाई अत्याउनका लागि समाजवादी मोर्चा गठन भएको सन्दर्भको चासो प्रश्न यसअघि भएको केन्द्रीय समितिको बैठकमा उठेको थियो। तर, त्यसको जवाफ पनि उपसभापति खड्काले नै दिएका थिए। 

कांग्रेसलाई तर्साउनका लागि गठबन्धनका चार दल मिलेर समाजवादी मोर्चा बनाएको सन्दर्भ उठ्नासाथ उपसभापति खड्काले भनेका थिए,‘त्यो मोर्चा कांग्रेसको सहमतिका आधारमा नै बनेको थियो। सभापतिजी, पनि भएको बैठकमा समाजवादी मोर्चा बनाउन लागिएको प्रचण्डजीले जानकारी दिनुभएको थियो, कांग्रेस त्यसबाट बेखबर थिएन।

गठबन्धन भत्काउन सके नयाँ सत्ता समीकरण गर्न सकिने ध्याउन्नमा एमाले रहेका बेला खड्का त्यस्ता बजीरका रुपमा प्रस्तुत भएका छन्, जसका कारण प्रचण्डको प्रधानमन्त्रीको कुर्सी मात्र होइन, कांग्रेसकै धेरै नेताका मन्त्रीको कुर्सी पनि टिकिरहेको छ।

शालिन, मौन धेरै नबोल्ने प्रवृत्तिका खड्का एक हिसाबमा अहिले देउवाको बलियो काँध जस्ता देखिने गरेको कतिपय चर्चा गर्छन्। आगामी महाधिवेशनमा सभापतिको ताकमा रहेका खड्का यतिबेला भने सरकार टिकाउने गठबन्धनको महत्वपूर्ण कसीका रुपमा साबित भएका छन्।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्