सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो वीरेन्द्र र सुजनको शव

मंगलबार, पुस १७, २०८०

काठमाडौं- ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर सुर्खेत लगिएको छ।

मंगलबार बिहानसाढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर उनीहरुको शव लगिएको हो ।

त्यसअघि दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको थियो। सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी रहेबो बताइएको छ ।

गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका थिए । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो भने वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्