जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

सोमबार, पुस १६, २०८०

काठमाडौं- जापानमा सोमबार निरन्तर भूकम्प गएसँगै सुनामीको चेतावनी दिइएको छ । भूकम्पमध्ये मध्य जापानको नोटो क्षेत्रमा एउटा ७.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

भूकम्पपछि सुनामी आउनसक्ने र पानीको सतह पाँच मिटरसम्म पुग्न सक्ने जापानको सार्वजनिक प्रसारक एनएचके टिभीले उल्लेख गरेको छ ।

सुनामीका कारण मानिसहरूलाई अग्लो स्थान वा भवनमा चढ्न आग्रह गरिएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रमा सुनामीको चेतावनी प्रवाह गरिएको बताएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्