सिटौलाको राष्ट्रियसभा छिर्ने सपना तुह्यो, यस्ताे छ कांग्रेसकाे निर्णय

आइतबार, पुस १५, २०८०

काठमाडौंआगामी महिना हुने राष्ट्रिय सभाको निर्वाचनमार्फत शक्तिमा उदय हुने नेता कृष्ण सिटौलाको सपना कांग्रेस केन्द्रीय समितिमा भएको निर्णयका कारण तुहिएको छ।

दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभामा सन्तुलनका आधारमा नयाँ अनुहारलाई अवसर दिने निर्णय गरेको पत्रकार सम्मेलनका क्रममा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।

योसँगै पहिला निर्वाचन लडेका तर राष्ट्रिय सभा सदस्य हुँदै सरकारमा शक्तिमा पुग्ने चाहना राख्ने नेताको बाटो बन्द भएको छ। यसअघि सिटौलालगायत गोपालमान श्रेष्ठ आनन्दप्रसालद ढुंगाना पनि राष्ट्रिय सभा छिर्ने चर्चा थियो।

लोकतन्त्रमा सरकार स्थिर नहुने बताउँदै विश्वकर्माले गठबन्धन सरकार कुनै पनि बेला जे पनि हुन सक्ने बताए। तर, सहमतिको पूरा अवधिसम्म पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व चलाउन पाउने उनको भनाई थियो।

कांग्रेसले सरकारको काम गराई सन्तोषजनक नरहेको पनि ठहर गरेको छ। सत्ता गठबन्धनमा रहेका कारण त्यसको अपजस कांग्रेसको टाउकोमा भन्दा पनि प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने ठहर भएको हो।

बालकुमारीमा भएको घटनाको विषयमा उच्च स्तरीय न्यायीक समिति बनाएर छानबिन गरिनुपर्ने जनाएको कांग्रेसले सरकारको काम गराईको विषयलाई केन्द्रमा राखेर बैठक चलाएको थियो।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्