राजसंस्थाबारे नयाँ बहस

राजा ज्ञानेन्द्रका उत्तराधिकारी नाती हृदयेन्द्र, राजसंस्था कसरी फर्किन्छ?

शनिबार, पुस १४, २०८०

काठमाडौंराजा ज्ञानेन्द्र शाहले नाती हृदयेन्द्रलाई उत्तराधिकारी बनाएर राजसंस्था फर्काउने अभियानलाई नागरिक अभिनन्दनमार्फत बल दिने भएका छन्। उनी अभिनन्दन लिनका लागि रुपन्देहीमा छन्।

पुस १९ गते उनले नागरिक अभिनन्दन लिनेछन्। त्यसको पूर्वतयारीका लागि जुटेका राजावादीसँग उनले नातीलाई उत्तराधिकारी मान्न तयार रहेको बताएका विवरण सार्वजनिक भएका छन्।

नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका अनुसार शाह शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न कपिलवस्तु जाँदै छन्। पुस १७ गते पश्चिम नवलपरासी जाने कार्यक्रम छ।

नेकपा एमालेका स्थानीय नेता बस्याल संयोजक बनेपछि पार्टीबाट निकालिएका छन्। उनी गत स्थानीय चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा उम्मेदवार थिए।

गणतान्त्रिक आन्दोलनमा सहभागी भएका नै राजसंस्थाको पक्षमा लागेका छन् भने प्रमुख दलका नेताले नै संविधान फेल भइसकेको बताइरहेका बेला ज्ञानेन्द्र पनि एक कदम पछि हटेर उत्तराधिकारीमा नातीलाई स्वीकार गर्न तयार रहेका सूचना बाहिरिएको छ।

Gyanendra-and-hirdendra-1704031949.jpg

 

नेपाली कांग्रेसका नेता शंकर भण्डारीलगायतले संविधानमा हिन्दूत्वको विषय अनिवार्य नभए फेल हुने बताइरहेका छन्। हिन्दूत्वसँग राजसंस्था जोडिएर आउने विषय रहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले बताएका छन्।

उनी पनि राजाको नागरिक अभिनन्दनलगायतका कार्यक्रममा सहभागी हुन लुम्बिनी प्रदेशमा नै पुगेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको छ। कांग्रेसका एक नेताले चैतसम्ममा संविधान खारेज हुन सक्ने सूचना आफूले पाएको बताएका छन्।

बीबीसी नेपाली न्युजले अभिनन्दन समारोहका संयोजक बस्याललाई उदृत गर्दै लेखेको ,‘जसरी यो संविधान आयो, त्यसै गरी जान्छ। हिन्दूराष्ट्र, अभिभावकको रूपमा राजसंस्थाको निम्ति हामी प्रयासमा लागेका छौँ।

कतिपयले २०६३ सालमा आन्दोलन सफल भएपछिबेबी किङको चर्चा गर्थे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि त्यो सम्भावना औँल्याएका थिए। त्यस बेला शाहले त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताउने गरिन्छ।

पछिल्ला समयमा हृदयेन्द्र पनि विभिन्न कार्यक्रममा सार्वजनिक हुने गरेका छन्। केही दिन अघिमात्र आमा तथा पूर्वयुवराज्ञी हिमानी शाहसँग उनी क्रिकेटको प्रतिस्पर्धा हेर्न पुगेका थिए।

देशमा गणतन्त्र घोषणापूर्व तत्कालिन प्रधानमन्त्री कोइरालाले बिराटनगर पुगेर हृदयेन्द्रलाई संकेत गरी बेबी किङ हुन सक्ने बताएका थिए। आन्दोलनको रापताप नसेलाएका कारण त्यसबेला उक्त अभिव्यक्तिको तिव्र बिरोध भएको थियो।

तर गणतन्त्रको १७ बर्ष बितिसक्दा पनि देशमा अवस्था सुधार नभएपछि जनता आजित भएका छन्। राजसंस्थाका पक्षमा यसैकारण पनि जनलहर चलिरहेको छ।

यता, राष्ट्रवादका निम्ति राजा ज्ञानेन्द्रसँग सहकार्य गरेर जान सकिने अभिव्यक्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले दिइसकेका छन्। अहिलेको व्यवस्था भन्दा पनि नयाँ ढंगले राजासँग मिलेर जान सकिने किरणको भनाई थियो।

किरण संविधानसभा, संघीयताको पक्षमा रहेको माओवादीका त्यसबेलाका प्रभावशाली नेता थिए। उनी दोस्रो बरियताका प्रभावशाली नेता भएका बेला माओवादी विभाजन भएको थियो।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्