बालकुमारी घटना

बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता उदाङ्गियो : रवि लामिछाने

शुक्रबार, पुस १३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एक पटक उदाङ्गो भएको टिप्पणी गरेका छन् । 

दुई होनहार युवा देश छाड्न खोज्दै रहेपनि सरकारले संसार छाड्नु पर्ने बनाइदिएको भन्दै उनले यो राज्यले गरेको हत्या भएको सामाजिक सञ्जालमार्फत बताएका छन् । 

आज भएको घटनाको दोष सत्तामा भएका सबैले लिनुपर्ने बताउँदै उनले भनेका छन् । 

411933075_333077692903062_7120636367977406179_n-1703854205.png

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्