Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायली आक्रमणमा ५० जना बढी मारिए 

बिहीबार, पुस १२, २०८०

गाजा– इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले विज्ञप्ति जारी गर्दै आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

साथै, उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चोकमा इजरायली बमबारीमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्