दरबन्दी कटौती

प्रधानमन्त्री कार्यालयकाे ६८ दरबन्दी कटौती

बिहीबार, पुस १२, २०८०

काठमाडौं- सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं’ उनले भनिन् ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्