माथिल्लो मुगुमा चिसो बढ्यो, विद्यालय र सीमा प्रहरी चौकी बन्द

बुधबार, पुस ११, २०८०

मुगु–अत्याधिक चिसो बढ्दै गएपछि माथिल्लो मुगुका स्थानियवासीहरु वेसीतिर झर्न थालेका छन ।

जिल्लाको पुर्विउत्तरी भेग करानको कार्मारोङ्ग गाउँपालिकाको वस्तीहरुमा चिसोले वरफ जम्न थालेपछि वेसीतिर झर्न थालेका हुन् ।

जिल्लाका तिव्वती सीमावर्ती क्षेत्र मुगु, दोल्फु र चिताई गाउँका स्थानियवासीहरु चिसो बढ्दै गएपछि बालबालिका, वृद्ध–वृद्धा, गर्भवती महिलासहित पशु र चौपाया लिएर वेसी गाउँ चिताई, कुना, पिपलेडी सिरान चौरका साथै गमगढीतिर धमाधम झर्न थालेका छन् । 

upper-mugu_cnnepal1-1703687706.JPG

गाउँको घरमा चिसोले बस्न नसक्ने भएपछि जाडो छल्न परिवारसहित चाैँरी, घोडा, गाइ बेसीतिर झरेको कार्मरोङ्ग गाउँपालिका वडा नं. १ स्थायीवासी गोटुप लामाले बताए । चिसो बढेसँगै कार्ती, ताखा, खारीलगायतका मानिसहरु हिउँदको दुई महिना जाडो छल्न वेसीतिर झर्ने गरेको लामाको भनाई छ ।

चिसो बढेसँगै यहाँका विद्यालयहरुमा पुष १५ गतेदेखि एक महिनाका लागि पठन–पाठन बन्द भएको लामाले बताए ।

चिसो बढेसँगै सीमा क्षेत्रको प्रहरी चौकी मुगु गाउँ प्रहरीचौकीलाई पनी जिल्ला प्रहरी कार्यालय मुगु गमगढीमा तानिएको छ । सिमामा हिउँ परेर अत्याधिक चिसो बढेको कारण ६ महिनाका लागि जिल्ला सदरमुकाममा तानिएकोे जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्