गठबन्धन सरकारले सफलता हात पार्न सकेन : कांग्रेस नेता विश्वकर्मा

बुधबार, पुस ११, २०८०

भक्तपुर– नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार बिभाग प्रमुख मिन विश्वकर्माले गठबन्धन सरकारले सोचेअनूरुप सफलता हात पार्न नसकेको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रमा नेता विश्वकर्माले बिगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोच अनुरुप काम गर्न नसकेको बताएका हुन् ।

लुम्बिनीमा बनेका उधोग मन्त्रीका बिषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदा सम्म कसैले केहि नभन्ने र कुनै कमजोरी, उजुरी नपरेको भएता पनि हाल जनताले अनुमोदन गरेर पठएका प्रदेश सभासदस्यमाथि मन्त्री बन्नसाथ अनावश्यक आरोप नलगाई तथ्य आरोपका आधार भए कारवाहीको भागी हुने बताए ।

उनले तथ्य आधार नभएको अवस्थामा आनबश्यक मिडियाबाजि गरी चरीत्र हत्या गर्न नहुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एकवर्षे पूर्णपाठले मन्त्री फेरबदल गरेर भएपनि आफ्नो कार्यकाल सफल बनाउँछु भन्नू सकारात्मक सन्देश रहेको र  सोचे अनुरूप काम हुन नसकेको आफैले बताएको बेला धेरै टिकाटिप्पणी गर्नु नहुने उनले बताए ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्