प्रचण्डको सम्बोधन

विश्वविद्यालयहरुमा अब राजनीतिक भागबण्डा हुन्न : प्रधानमन्त्री

मंगलबार, पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकार बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब इमानदार र दक्ष व्यक्तिलाई विश्वविद्यालमा लैजाने बताए ।

‘विश्वविद्यालय सुधार्न राजनीतिक भागबन्डा हुने छैन । अब विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिइनेछ । यसको सुरूवात त्रिभुवन विश्वविद्यालयबाटै गरिनेछ’ प्रधानमन्त्री दाहालले भने ।

उनले शिक्षाको गुणस्तर सुधार्न बहुआयामिक कदम चाल्ने बताए । ‘विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन दिइने छैन’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्