प्रचण्ड परिवार प्रतिरक्षामा उत्रन्छन्, उनका अंगरक्षक पूर्वलडाकु परिवार पाल्न नसकी आत्महत्या गर्छन्

सोमबार, पुस ९, २०८०

काठमाडौंमाओवादी जनयुद्धका बेला सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्डको अंगरक्षक समेत रहेका पूर्वलडाकु तुलसीसिंह भुलले आत्महत्या गरेका छन्।

परिवार पाल्न रोजगारीका लागि भारत पुगेका उनले कोठामा आत्महत्या गरेको परिवारले बताएका विवरण आएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएकाजटिल उपनामले चिनिने करिब ४५ वर्षीय भुल प्रचण्डको अंगरक्षक थिए।

भारतको महाराष्ट्र राज्यमा उनी रोजगारी गरिरहेका थिए।

तत्कालिन जनमुक्ति सेना नेपालको सातौ डिभिजन अन्तरगत लोकेश स्मृति विग्रेड अन्तर्गतको दुई नम्बर बटालियन सह कमाण्डरका रुपमा भुलले काम गरेका थिए।

यता, तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्ड भने पूर्वलडाकुको सुरक्षा रोजगारीमा केन्द्रित नभई पारिवारिक प्रतिरक्षामा उत्रिन्छन्। राज्य व्यवस्था समितिको बैठकमा नै विवादमा आएकी आफ्नी छोरीको प्रतिरक्षामा बोल्दै उनले व्यवस्था माथिकै प्रहार भनेका थिए।

प्रचण्डलाई भेट्नका लागि नै एक पूर्वलडाकु सिंहदरबार जाँदा प्रहरी लगाएर लगारिएको थियो। युद्धका क्रममा गोली लागेका, घाइते भएका, अपांगता सहन बाध्य शरिरमा छर्रा बोकेर बस्नेहरुको बेहाल भने कतिपयले भुलजसरी नै आत्महत्याको बाटो रोजीरहेका छन्।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्