नेभिगेशन
समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

यस बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार