लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

आइतबार, पुस ८, २०८०

काठमाडौँ - लुम्बिनी प्रदेश सरकारले दुई मन्त्री थप गर्ने भएको छ। मन्त्रीको नाम टुङ्गो लागिसकेको र आइतबार (आज) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ। 

प्युठानबाट सांसद बनेका काँग्रेसका सरोज थापा र बाँकेबाट सांसद बनेकी माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाउने टुङ्गो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए। 

दुवै जनालाई आज शपथग्रहण गराइने कार्यक्रम तय भएको छ। केसीलाई खानेपानी र थापालाई पर्यटनमन्त्री बनाइने भएको छ। 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्