कांग्रेस बागमतीको सम्मेलन शनिवार

शुक्रबार, पुस ६, २०८०

काठमाडौँ - नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन पुस ७ गते हुँदैछ । सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा शनिवार बिहान उद्घाटन हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बागमती कांग्रेसले जनाएको छ ।

पहिलोपटक हुन लागेको प्रदेश सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न र थप जबाफदेही बनाउने विषयमा छलफल हुने बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ । सम्मेलनमा राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनहरू प्रस्तुत हुने र छलफल गरी पारित हुने प्रवक्ता रुवालीले जनाएका छन् ।

प्रथम प्रदेश सम्मेलनमार्फत प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न र थप जबाफदेही बनाउँदै लैजाने विषयमा आवश्यक छलफल गर्ने कांग्रेसले जनाएको छ । साथै पार्टी भित्रको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त दुरुस्त र थप समावेशी बनाउने विषयमा समेत छलफल केन्द्रित हुने छ । सम्मेलनमा राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनहरू प्रस्तुत गर्नुका साथै पारित गर्ने कांग्रेसले जनाएको छ ।

सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधिहरू तथा प्रदेश भित्रका कांग्रेसबाट निर्वाचित सङ्घीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति, महानगरपालिका /उपमहानगरपालिका /नगरपालिकाका प्रमुख /उपप्रमुख ज्यूहरू तथा ११९ वटा पालिका सभापतिहरू सहभागी हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्