नोटको बिटो बोकेर हिँड्नेलाई हामी उम्मेदवार बनाउँदैनाैं : रवि लामिछाने

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नोटको बिटो बोक्नेहरूलाई आफ्नो पार्टीले उम्मेदवार नबनाउने बताएका छन्।

शुक्रबार स्याङ्जाको भीरकोट नगरपालिकामा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘घिनलाग्दो खेल खेलेर चुनाव जित्ने रणनीतिमा हामी लाग्दैनौँ। नोटको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको नाममा भोट हाल्ने, परलोक भइसकेका मान्छेको नाम खोजेर हिँड्ने, वडा र टोल टोललाई लाखको बिटो बाँडेर हिँड्नेलाई रास्वापाले उम्मेदवार बनाउँदैन’।

सभापति लामिछानेले रास्वपामा युवा र राम्रो नेतृत्व रहेकाले काम गर्न सक्ने बताए।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्