प्रधानमन्त्रीले ‘४०० केभी इनरुवा सबस्टेसन’को उद्घाटन गर्ने

शुक्रबार, पुस ६, २०८०

काठमाडौं - सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन हुँदैछ । उक्त सवस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।

आज (शुक्रबार) बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् ।

विद्युत स्टेशन उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगेका छन् ।


यो सबस्टेशनबाट मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरूलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राधिकरणले बताएको छ ।

इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरेको छ भने तीन अर्ब ८३ करोड रुपैयाँको लागतमा यी दुई सबस्टेशन निर्माण गरिएको प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्