नेभिगेशन
समाचार

नागरिक उन्मुक्ति पार्टीकाे महाधिवेशनमा प्रधानमन्त्री ‘प्रचण्ड’लाई निम्तो

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनको निम्तो दिएका छन्। यहीँ पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको नाउपाको प्रथम महाधिवेशनको लागि संरक्षक चौधरीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेरै निम्तो दिएका हुन्।

नाउपाकाे पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने जनाएको छ। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन्।

यस अघि पनि संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष समेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्षसहित २० पदका लागि माघ ११ गते निर्वाचन हुँदै छ। सत्ता गठबन्धनमा रहेको पार्टी नाउपाले १ सिट पाउने सहमति भएको चौधरीले बताए। आगामी १० गते सचिवालय बैठक मार्फत उम्मेदवार छनोट गरिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार