राष्ट्रिय सभा निर्वाचन

कोइरालाको मत यस्तो छ तर देउवा मान्दै मान्दैनन्

बिहीबार, पुस ५, २०८०

काठमाडौं माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका विषयमा नेपाली कांग्रेसमा दुई फरक धारणामाथि बहस सुरु भएका छ न्।

संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्ष सत्ता गठबन्धनको सहमतिका आधारमा अगाडि जानुपर्ने ढिपीमा भने इतर अर्थात् शेखर कोइराला समूहले कांग्रेस एकल रुपमा नै निर्वाचनमा जानुपर्ने मत राखेको छ।

अहिलेको स्थितिमा कांग्रेसको उपस्थिति बलियो रहेका कारणले एकल प्रतिस्पर्धामा जाँदा प्रजातान्त्रिक मुल्य मान्यताको मान रहने कोइरालाको धारणा रहेको छ। तर, देउवा त्यसो गर्नु गठबन्धनलाई धोका दिएको हुने ठान्छन्। उनी निर्णय लिन नै सक्तैनन्। 

कांग्रेसको हित ताकतका निम्ति पनि एकल रुपमा राष्ट्रिय सभा निर्वाचनमा लड्नुपर्ने कोइरालाको मत छ। तर सभापति देउवा भने कोइरालाको विचारलाई कुनै पनि हालतमा मान्नेवाला छैनन्। उनले कोइरालाको भूमिका विचारभन्दा पनि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहनालाई निरन्तर सम्बोधन गर्दै आइरहेकोप्रति कांग्रेस जन नै असन्तुष्ट छन्।

कोइराला पक्षका एक नेता भन्छन्,‘कांग्रेसको हैसियत हिम्मत भनेको नै एकल भिडन्त हो। हिजो हामी कम्युनिस्ट गठबन्धनसँग पनि एकल रुपमा नै चुनावमा भिडेका थियौं। हाम्रो अस्तित्व बिनाश भएको थिएन। सभापतिजीले कांग्रेसको साख राख्न पनि एकल रुपमा नै निर्वाचनमा जाने निर्णय गर्नुपर्छ।

त्यसो महामन्त्री गगन थापाले पनि अबका चुनावमा कांग्रेस गठबन्धन गरी नजाने घोषणा गरिसकेका छन्। यति मात्र होइन, गठबन्धन गरिए कांग्रेस विभाजित हुनेसम्मको चेतावनी उनले दिएका थिए।

तर राष्ट्रिय सभाको निर्वाचनका विषयमा भने थापाले अहिले खासै प्रतिक्रिया दिएका छैनन्। कांग्रेसको पदाधिकारी बैठक बसेर नै राष्ट्रिय सभाको निर्वाचनका विषयमा निर्णय लिने बताइएको छ।

सकभर गठबन्धनअनुसार नै जाने निर्णय होला। तर, पदाधिकारी बैठकमा सबैले मत राख्नुहुनेछ, कांग्रेसका एक नेता भन्छन्,‘खुला रुपमा नै छलफल हुनेछ तर निर्णय पनि सहमतिमा नै हुनेछ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्