सुदन किराँतीको अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने उत्तेजक : रवि लामिछाने

बिहीबार, पुस ५, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। सुदन किराँतीले धार्मिक सद्भावमा खलल पुर्याउने अभिव्यक्ति दिएकाे भन्दै रास्वपा सभापति लामिछानेले राजीनामा मागेका हुन्।

‘कृष्चियन नमान्ने संबिधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै  खेदजनक  छ,’ लामिछानेले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्।’

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्