धम्क्याएर ४० बर्षिय पुरुषसँग १६ बर्षकी किशोरीको बिहे गराउने आमा–सानीमा पक्राउ

बुधबार, पुस ४, २०८०

नवलपरासीआत्महत्या गर्छु भनी धम्क्याउँदै ४० बर्षीय पुरुषसँग १६ बर्षकी छोरीको बिहे गराउने आमासहित सानीमा सानुबुवालाई प्रहरीले पक्राउ गरेको छ।

ति किशोरीको भाउजूले दिएको उजुरीका आधारमा प्रहरीले जनालाई पक्राउ गरेको हो। नवलपुरको कावासोतीमा यसरी दबाबमा राखेर सानीमाको घरबाट बिहे गराइएको खुलेको छ।

आमा, दुई जना सानीमा एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो

मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई बिहे नगरे आत्महत्या गर्छु भनी दबाबमा राखेको खुलेको छ। घर पुगेकी भाउजूले उक्त विषय थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

४० वर्षका पुरुषले किशोरीसँग दोस्रो विवाह गरेका हुन्। उनलाई नियन्त्रणमा लिएपछि किशोरीलाई भाउजूको संरक्षणमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

कक्षा पढेकी किशोरीलाई आमाले अनेक हिसाबले दबाबमा राख्दै बिहे गर्नका लागि राजी गराएकी थिइन्। १२ वर्षअघि नै उनको बाबुको मृत्यु भएको, परिवारमा दुई दाइ, भाउजू आमा रहेका छन्।

उजुरीका आधारमा दबाबमा राखेको कानुनी हिसाबले पनि बिहे गर्न नमिल्ने भएपछि हामीले अनुसन्धान गरेका हौं, प्रहरी अधिकारी भन्छन्,‘मुलुकी ऐनका आधारमा उनीहरुमाथि अनुसन्धान जारी , कारबाहीका लागि सिफारिस गरिनेछ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार