जिल्ला अधिवेशन स्थगीत गर्ने एकीकृत समाजवादीको निर्णय 

मंगलबार, पुस ३, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पार्टीको जिल्ला अधिवेशन स्थगीत गर्ने निर्णय गरेको छ ।  

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीको राष्ट्रिय सम्मेलनले पछि मिति तोक्ने गरि हाललाई जिल्ला अधिवशेन स्थगीत गर्ने निर्णय गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको उनले बताए । सचिवालयको अर्को बैठक शनिबार बस्ने र विधान संशोधन प्रस्तावमाथि छलफल हुने श्रेष्ठले जानकारी दिए । 

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन बिभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो । समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्