एकीकृत समाजवादीको बैठक बस्दै

मंगलबार, पुस ३, २०८०

काठमाडौँ - नेकपा(एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ ।

उक्त बैठकमा हिजो (सोमबार) पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।

बैठकमा संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमितिले हिजोको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्