एन्फा कार्यसमिति बैठक

एन्फाको सीईओमा तुलाधर नियुक्त, अन्य निर्णय यस्तो छ– 

सोमबार, पुस २, २०८०

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।

सोमबार काठमाडौँमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो । 

त्यस्तै, बैठकले सहायक कोषाध्यक्षमा प्रविण कुमार यादवलाई नियुक्त गरेको छ । बैठकले एन्फाको बिषेश साधारणसभा माघ ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ भने नियमित साधारणसभा फाल्गुन १४ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, एन्फाले भविष्यमा हुने अन्तराष्ट्रिय प्रतियोगीता आयोजना गर्दा निशुल्क पास बितरणपूर्ण रुपमा बन्द गर्ने र एन्फाले टिकट बिक्रि गरि उठेको रकमका २० प्रतिशत रकम प्रतियोगीतामा सहभागी हुने उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ । 

anfa1-1702908348.jpganfa2-1702908348.jpg

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्