लिभरपुल युनाइटेडसँग रोकिँदा आर्सनल शीर्ष स्थानमा

सोमबार, पुस २, २०८०

एजेन्सी - ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।

यद्यपि जीतका लागि आर्सनलले ठुलो संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा ग्याब्रियल जिसुसले आर्सनललाई अग्रता दिलाए । दोस्रो गोलका लागि टोली खेलको अन्त्यसम्म पर्खनुपरेको थियो । ८७ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

१७ खेलपछि आर्सनलको ३९ अङ्क रहेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि यसको फाइदा आर्सनललाई पुगेको छ ।

एनफिल्डमा युनाइटेडले लिभरपुलको दबाबलाई झेल्दै खेल गोलरहित बराबरीमा अन्त्य गर्न सफल भयो । बराबरीपछि लिभरपुल १७ खेलबाट ३८ अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा खस्किएको छ । युनाइटेड २८ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार