एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

सोमबार, पुस २, २०८०

काठमाडौँ - नेकपा(एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बताइएको छ ।

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने भएको छ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्