हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बलबाट अवरोध भयो : मन्त्री ज्वाला

आइतबार, पुस १, २०८०

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिमको बेलौरीस्थीत हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बलबाट अवरोध भएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको बैठकमा मन्त्री ज्वालाले बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको बताएका हुन् ।

उनले सो क्षेत्रमा भएको सीमा विवाद देखिएको र राजमार्ग निर्माणको काममा अवरोध रहनु मन्त्रालयको समस्यामा रुपमा रहेको धारणा राखे ।

उनले यस बिषयमा समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिरहेको जानकारी दिए । संसदीय समितिले पनि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए हुलाकी राजमार्ग निर्माणको काम सहज ढंगले अघि बढ्ने उनले बताए । शुक्लाफाटा बन्यजन्तु आरक्षभित्रको सडक निर्माणका लागि सामाग्रीहरु लैजानका लागि समस्या रहेको भन्दै उहाले समाधानको प्रयास भइरहको धारणा राखे ।

त्यस्तै मन्त्री ज्वालाले रकमान्तर, भुक्तानीको समस्याबाट मन्त्रालय धेरै पिडित भएकाले सम्बन्धीत मन्त्रालयसंग संगै राखेर छलफल गराउदा उचित हुने जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार