सेवा लम्साल बनिन् पहिलो महिला परराष्ट्र सचिव

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला भएकी छन् ।  हालै परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेललाई सरकारले क्यानाडाका लागि नेपाली राजदूत सिफारिस गरेको थियो।

मन्त्री शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्