देशमा बेथिति बढाउन ३ ठूला दल जिम्मेवार : अध्यक्ष लिङ्देन

बुधबार, मंसिर २७, २०८०

सुदूरपश्चिम– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन् ।

राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताए । 

उनले भने, “राप्रपा पछाडि फर्किने पनि होइन, पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ ।” उनले देशलाई कमजोर अवस्थामा पुर्‍याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाए । 

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभयो । आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोलेका थिए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्