टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश ढुंगाना र श्रेष्ठको संयुक्त इजलास

बुधबार, मंसिर २७, २०८०

काठमाडौं - सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।

गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, अनन्तराज लुईटेल, फर्सुराम पाण्डे, त्रिलोक बहादुर चन्द ,प्रेमराज सिलवाल, डा. सुनिल रंजन सिंह,अञ्जन धिताल,रामकृष्ण बन्जारा र यज्ञमणि न्यौपानेसमेतले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

यसअघि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

उक्त रिट सुनुवाइका लागि आज न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी तोकिएको छ। गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार