बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

आइतबार, मंसिर २४, २०८०

मनहरी– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । उनलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन् । 

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिए । 

उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्