देशको समृद्धिमा भ्रष्टाचार बाधक बन्यो : मुख्यन्यायधीश राजभण्डारी

आइतबार, मंसिर २४, २०८०

विराटनगर– उच्च अदालत विराटनगरका मुख्य न्यायधीश रमेशप्रसाद राजभण्डारीले देशको समृद्धि साथै सुन्दर नेपाल निर्माणको निम्ति भ्रष्टाचार बाधक बनेको बताएका छन् ।

७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा उहाले भ्रष्टाचारका कारण मुलुकको विकास र प्रगति हुन नसकेको बताएका हुन् ।

उनले भ्रष्टाचारकै कारण मानव अधिकार संरक्षणमा समेत अवरोध पुर्‍याएकोले युवाहरु इमान्दार भएर अघि बढ्नु पर्ने धारणा राखे । मुलुकमा भ्रष्टाचारका कारण मानव अधिकारका मुल्य र मान्यतामा ह्रास आईरहेको उनको भनाइ छ ।  

एड्भोकेसी फोरम नेपाल कोशी प्रदेशले आयोजना गरेको सो अन्तक्रिर्या कार्यक्रममा सहभागिहरुले मानव अधिकारका मुल्य र मान्यताहरु परिवर्तन भईरहेकोले जनतालाई जीवन निर्वाहको वातावरण बनाउन राज्यले सक्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्