गृहमन्त्री श्रेष्ठको मुटुमा फेरि समस्या, गङ्गालाल हस्पिटलमा भर्ना

बुधबार, मंसिर २०, २०८०

काठमाडौ - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । 

मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थीर छ ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको उनको सचिवालयका एक सदस्य विजय गौतमले जानकारी दिए । मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको थियो ।

यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरी मुटुको उपचार गरिएको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्