जनयुद्धका लडाकुलाई लगारियो

जनयुद्धका घाइतेलाई सिंहदरबार गेटमा प्रहरी लगाएर लगारियो, भित्र मस्त छन् प्रचण्ड

मंगलबार, मंसिर १९, २०८०

काठमाडौंजनयुद्धका लडाकु र घाइतेले उपचारलगायतका न्याय माग गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट गर्नका लागि सिंहदरबार पस्न खोज्दा प्रहरी लगाएर लगारिएको छ।

सिंहदरबार छिर्न लागेका लडाकु तथा जनयुद्धका घाइतेलाई प्रहरीले रोकेपछि आक्रोशित बनेका छन्। खासगरी जनयुद्धकी घाइते मञ्जु धमलाले आत्मदाह गर्ने चेतावनी दिएपछि प्रहरीलगायर प्रधानमन्त्री प्रचण्ड सिंहदरबारमा मस्त रहेको आक्रोशितको आरोप छ। 

धमलासहित रेशम घिमिरेलगायतलाई प्रहरीले प्रवेश पास हुँदा पनि सिंहदरबार छिर्न दिएन। धमलाले उपचार खर्च सरकारसँग माग गरेकी थिइन्। तर, अहिलेसम्म उपलब्ध भएको छैन।

यसपछि भने उनले प्रधानमन्त्रीको सचिवालयमा आत्मदाह गर्ने धम्की दिएकी थिइन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

जनयुद्धका लडाकु र घाइतेलाई गेटमै प्रतिबन्ध गरी देशको सिंहासनमा मस्त छन् सुप्रिम कमान्डर, प्रचण्ड। युद्धमा घाइते भएकालाई प्रताडित गरेका प्रचण्ड जनयुद्धमा साइनो नभएकी छोरी गंगा दाहाललाई काखी च्यापेर हिँडिरहेको आरोप समेत लागेको छ।

आक्रोशित पूर्वलडाकु मध्यका एक भन्छन्,‘हामीले गणतन्त्रमा हाम्रा न्युनतम माग पूरा गर भन्न नपाउने? कसले जनयुद्ध लड्यो र प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन्, प्रचण्ड?

हुन पनि युद्ध लडेकाहरू प्रताडित हुँदा देशका नव धनाड्यसँग प्रचण्ड र परिवारको हिमचिम अस्वभाविक हिसाबले बढेको छ। कतिपय ठूला प्रकरणमा प्रचण्ड र सचिवालयमा रहेका सन्तानलगायतको सम्बन्ध रहेको चर्चा सतहमा आइरहेका छन्।

प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले त पत्रकार सम्मेलन नै गरेर प्रचण्डकी छोरीको आर्थिक साइनो विवादीत कम्पनीदेखि व्यापारीसम्म रहेको बताएका थिए।

उता युद्धमा ज्यान गुमाएका परिवार र घाइतेले न्याय माग्दा सरकारले कुनै वास्ता गरेको छैन। यीनिहरू सरकार बनाउने र कुर्सीमा रमाउनेभन्दा अर्को काममा लागेनन्, घाइतेले सिंहदरबारभित्र छिरेर न्याय माग्छु भन्दा नपाउने? यो कस्तो गणतन्त्र आयो, ल्याइयो?, अर्का पूर्वलडाकु सोध्छन्,‘हामीले न्याय कहिले पाउने?

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्