नेपाल सुपर लिग

एनएसएल : काठमाडौँ र झापाको खेल बराबरीमा सकियो

सोमबार, मंसिर १८, २०८०

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरै सम्पन्न खेलमा काठमाडौँ र झापाले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । 

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल गोलरहित बराबरीमा टुङ्गियो । यस बराबरी खेलसँगै काठमाडौँले तीन खेलमा ५ अङ्क जोडेको छ । काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।

त्यस्तै, समान तीन खेल खेलेको झापाले २ अङ्क जोडेको छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो । 

भोलि दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच खेल हुनेछ । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्