एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

सोमबार, मंसिर १८, २०८०

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज बस्दैछ ।

आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

भुसालका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।

सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बैठकमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने र अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्