शुक्रबारको लडाइँमा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास

शनिबार, मंसिर १६, २०८०

गाजा स्ट्रिप– गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।

गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारीू भएको छ ।  थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले विशेषगरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।  

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्