Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी - २० सिरिज एक खेल अगावै अष्ट्रेलियालाई हराउँदै भारतले जित्यो उपाधि

शनिबार, मंसिर १६, २०८०

काठमाडाैं - भारतले एक खेलअगावै अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजकाे उपाधि जितेकाे छ। पाँच खेलको सिरिजमा चार खेल सकिँदा भारतले सिरिज ३-१ अंकसहित उपाधि हात पारेको हो।

गएराति भएको चौथो खेलमा १७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो।अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा नट आउट रहे । ट्रविस हेडले ३१ रन बनाए। हेडबाहेक अन्य कुनै पनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन्।

भारतका स्पिनर अक्षर पटेलले ३ विकेट लिए । दीपक चाहरले २ विकेट लिए तथा रवि विश्णोई र आवेश खानले १-१ विकेट लिए। त्यसअघि रैपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो। अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो। पाँचौं तथा अन्तिम खेल आइतबार बेंग्लोरमा हुनेछ।

 

   

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्