अर्थतन्त्रको समस्या देखाएर स्वार्थ समूहले फाइदा लिन खोज्दै छ : कार्यवाहक प्रधानमन्त्री

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सामूहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको टिप्पणी गरे ।

‘अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको छ’ उनले भने ‘सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्छ, प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने छ ।’

सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी छ । ‘अर्थतन्त्र जोखिममुक्त भइसकेको छैन, हामीबीच समस्या लुकाएर होइन, स्विकारेर अगाडि बढ्ने हो’ खड्काले भने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्