Nic Ad Nic Ad
Nic Ad Nic Ad
एनटीए लिग तेक्वान्दो प्रतियोगिता

एनटीए लिग बिहिवारदेखि हुने

बुधबार, मंसिर १३, २०८०

काठमाडौँ– नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ । 

प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले आज काठमाडौँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए । प्रतियोगितामा जम्मा छ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो सङ्घका सदस्य बब्लु सिवाकोटीले बताए ।

उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु नौ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्