Nic Ad Nic Ad
Nic Ad Nic Ad
सामलिङ्गी विवाह

नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

बुधबार, मंसिर १३, २०८०

लमजुङ– नेपालमा पहिलोपटक सामलिङ्गी विवाह दर्ता भएको छ । 

समान लिङगीविचको विवाह दर्ता गरेर अस्थायी अभिलेख राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुसार लमजुङको दोर्दी गाउँपालिकामा बुधबार विवाह दर्ता भएको हो ।

माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। गाउँपालिकाले विवाह दर्ता गरी जारी गरेको प्रमाण पत्रमा सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको उल्लेख गरिएको छ।

माया तेस्रोलिंगी समुदायकी अनि सुरेन्द्र समलिंगी । उनीहरुले ६ वर्ष अगाडि पञ्चेबाजा बजाएर विवाह गरेका थिए भने दुबैको परिवारले स्विकार समेत गरेको थियो । तर कानुनी रुपमा उनीहरु श्रीमान्–श्रीमती हुन सकेका थिएनन्। 

असार १३ गते सर्वोच्च अदालतबाट विवाह दर्ताको आदेशपछि उनीहरुले काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गर्ने प्रयास गरेका थिए तर अदालतले स्विकार गरेन । 

काठमाडौँ जिल्ला अदालतले सर्वोच्चकै आदेश अस्वीकार गरे पनि स्थानीय निकायले सामलिङ्ग जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गरेको छ।

सर्वोच्चको अन्तरिम आदेश अनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको थियो।

परिपत्रमा सर्वोच्च अदालतको २०८० असार १२ गते जारी गरेको आदेश अनुसार नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूको विवाह गर्दा गरी अस्थायी अभिलेख राख्न भनिएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्