Nic Ad Nic Ad
Nic Ad Nic Ad
रास्वपाकाे बैठक

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, अन्य निर्णय यस्तो छ–  

बुधबार, मंसिर १३, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा.स्वर्णिम वाग्लेलाई पार्टी उपसभापति बनाएको छ । 

महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई पार्टी उपसभापति बनाएको हो । यस्तै बैठकले कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्रीमा चयन गरेको छ ।   

यस्तै, पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । त्यस्तै, उपसभापतिमा डिपी अर्याल, महामन्त्रीमा मुकुल ढकाल र प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियारलाई निरन्तरता दिएको छ ।

पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ भने पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी छन् । 

महामन्त्री ढकालका अनुसार पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ स‌ंगठनात्मक ढाँचा अनुसार पार्टी सन्चालन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्